स्वास्थ्य

क्वारेन्टाइनमा बसेकालाई तनाव ब्यवस्थापन र स्वच्छता प्रबर्दन कला प्रदान



अर्घाखाँची २० बैशाख । अर्घाखाँचीको मालारानी गाउँपालिकामा क्वारेन्टाइनमा बसेकाहरुलाई तनाव ब्यवस्थापन र स्वच्छता प्रवद्र्धन कला प्रदान गरिएकोछ । कोरोनाको संक्रमण तथा जोखिम न्युनीकरण गर्न स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा रहेकालाई सरसफाइ, स्वच्छता, हात धुने चरण लगायत कोरोनाबाट बच्न अपनाउने सावधानीका विषयमा प्रशिक्षण  दिइएको हो ।  मालारानी गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ९४ जना नागरिकलाई प्रकाश सचेतन समुहका निर्देशक प्रेम नारायण गैरैले सरसफाइको महत्व, साबुन पानीले हात धुनुपर्ने आवश्यकता, क्वारेन्टाईनमा बस्दा ध्यान दिनुपर्ने लगायतका विषयका जानकारी गराउनु भएको हो  ।


            क्वारेन्टाईनमा रहेका नागरिकलाई हात धुने तरिका, फोहरमैला व्यवस्थापन, मानव स्वास्थ्य तथा तनाव व्यवस्थापनका विषयमा जानकारी गराईएको गैरेले बताउनु भयो । नागरिक सचेतना अभियान संचालनमा सामाजिक दुरी कायम गर्दै, विभिन्न माध्यम तथा संचार क्षेत्र मार्फतको सहयोगमा सन्देश प्रवाह गर्दै आईरहेको बताईएको छ । भारत तथा विभिन्न क्षेत्रबाट आएका तथा जिल्ला बाहिरबाट आएकादुई सय ३० जनालाई  जिल्लाका स्थानीय सरकारले बनाएका कवारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए । २६ दिन भारतीय सिमानाका क्वारेन्टाइनमा बसेर गृह जिल्ला आएका एक सय २८ जना सबै क्वारेन्टाइनमा बसेका छन् । 

    जिल्ला बाहिरबाट आएका नागरिकलाई राखिएको सो विद्यालयमा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । युएन् ह्याविटाट सगँको सहकार्यमा  प्रकाश सचेतन समुहले जिल्लामा सन् २०१७ देखि सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्दै आईरहेको छ ।कोरोनाका कारण अहिले संवेदनशिल अवस्था रहेकाले सबैलाई सचेत र थप जिम्मेवार रहन तालिम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६