लुम्बिनी

कपिलवस्तुमा १ हजार ३६ जनाको र्यापिड परीक्षण



कपिलवस्तु, २१ बैशाख । कपिलवस्तु अझैसम्म कोरोनाबाट सुरक्षित रहेको  छ । कपिलवस्तुमा एक हजार ३६  जनाको र्यापिड टेस्ट भएको र सबैको रिपार्ट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताउनु भएको छ । शनिबार ४ पालिकामा कुल १८ टेस्ट भएका छन् । बिजयनगरमा २, शिवराजमा ८, बुद्धभुमीमा ७ र सुद्धोदनमा एक टेस्ट भएका हुन् ।

         बिजयनगर गाउपालिकामा १ सय ९८, महराजगंज नगरपालिकामा २ सय ४१, सुद्धोदन गाउपालिकामा ७७, मायादेबी गाउपालिकामा ९०, कृष्णनगर नगरपालिकामा १ सय ८, शिवराज नगरपालिकामा ६९ जनाको टेस्ट भएको छ । यस्तै कपिलवस्तु नगरपालिकामा ५६, यशोधरा गाउपालिकामा ८६, बाणगंगा नगरपालिकामा ५१ र बुद्धभुमी नगरपालिकामा ४३ जनाको टेस्ट भईसकेको छ । १० पालिकाले तयार गरेको एक हजार ७७ क्वारेन्टाईन बेडमा एक हजार २७४ जना रहेका्ेमा ९ सय ३२ जना डिस्चार्ज भई हाल ३ सय ४२ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो । उता पिसिआरका लागि ३२ जनाको सकंलन गरिएको पठाएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६