अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमित १३ सय ९१ को मृत्यु, ४२ हजार ५ सय बढी संक्रमित



एजेन्सी, २२ बैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ । गत  २४ घण्टामा कोरोनाका कारण ६८ जनाको मृत्इु भएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको छ । भारतमा एकैदिन थप २ हजार ८०६ जनामा संक्रमण फेलापरेसँगै संक्रमित हुनेको संख्या ४२ हजार ५०५ पुगेको छ वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

            भारतमा संक्रमितमध्ये ११ हजार ७७५ जना उपचारपछि निको भएर घर फर्केकाछन् । २९ हजार ३३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुक हो । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६