अन्तर्राष्ट्रिय

कोरोना कहरः मृतकको संख्या २ लाख ५२ हजार नाघ्यो, ३६ लाख ४४ हजार बढी संक्रमित



एजेन्सी, २३ बैशाख । महामारीको रुपमा विश्वभर  फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६६ पुगेको छ । विश्वका २१२ मुलुकमा फैलिएको यो भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ८४० जना संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

            कोरोना संक्रमितमध्ये ११ लाख ९४ हजार ८७२ जना उपचारपछि घर फर्किएका छन् । २१ लाख ९७ हजार ६०२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार ६३५ जनाको अवस्था गम्भीर छ ।  युरोपियन मुलुकहरुमा १ लाख ४२ हजार १४३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७६ हजार ८९१ जनाको मृत्यु भएको छ ।

            सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा अमेरिकामा १२ लाख १२ हजार ८३५ जना संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ। स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित भएका छन् ।स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ४२८ पुगेको छ । १ लाख ५१ हजार ६३३ जना उपचारपछि निको भएका छन् । इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ ।  इटालीमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ ।इटालीमा संक्रमितमध्ये ८२ हजार ८७९ जना उपचारपछि निको भएका छन् । 

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६