लुम्बिनी

प्रादेशिक अस्पताल र भीम अस्पतालाई ५–५ थान पिपिइ प्रदान



भैरहवा, २३ वैशाख । प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई ५÷५ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेको छ । प्रतिष्ठानले दुईवटै अस्पताललाई पीपीई ५ थान, फेस सेल्ड (हेल्मेट) ५ थान, पञ्जा ५ जोडा, स्यानेटाइजर २० पिस र बुट ५ जोडा उपलब्ध गराएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताउनु भयो । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्मबहादुर के.सी.ले लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनाल र भीम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नाललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । 

        स्वास्थ्य सामाग्री ग्रहण गर्दै डा. खनालले अस्पताललाई सुरक्षा कवचको अभावमा काम सञ्चालन गरिरहेको अवस्थामा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले पीपीईसहित अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विभिन्न सहयोगी हातहरुका कारण अस्पताललाई कार्यसम्पादन गर्न सहज भएको पनि वताउनु भयो । भीम अस्पपतालका मेसु डा. नविन दर्नालले आगामी दिनमा पनि प्रतिमान–नीमा स्मृति फाउण्डेशनसंग समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो ।

        प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ मा विभिन्न क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आफ्नो भवन क्वारेन्टाइनको रुपमा दिएकोमा धन्यवाद दिनुभयो । उहाँले आफ्नो स्रोतबाट कोभिड–१९ विरुद्ध लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताललाई पीपीईसहित अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउने कार्य प्रशसंनीय रहेको बताउनु भयो । 

        केही दिनमा रोहिणी, ओमसतिया र सियारी गाउँपालिकालाई पनि ४÷४ थान पीपीई उपलब्ध गराउने फाउण्डेशनका निर्देशक के.सी.ले बताउनु भयो ।त्यसैगरी कोरोना भाइरस (कोभिड–१९) विरुद्ध फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई प्रतिष्ठानले आगामी हप्ता तालिम प्रदान गर्ने जनाएको छ । अमेरिकाको ब्राउन युनिभर्सिटी, मसेडोनियाको प्रोजेक्ट होपको सहयोग र प्रदेश ५ सामाजिक विकास मन्त्रालयको समन्वयमा कोरोनाविरुद्ध लड्नका लागि तालिम सञ्चालन गर्न लागिएको प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले बताउनु भयो ।  हामीले पहिलो चरणमा विभिन्न जिल्लाका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी गरी १० जनालाई डट्स ट्रेनिङ (तालिम) प्रदान गर्नेछौं, तालिम लिएपछि उहाँहरुले दुई हजार बढी फ्रन्टलाइनमा काम गर्नेलाई आफुले सिकेका कुरा अरुलाई सिकाउनु हुने थापाले बताउनु भयो । 

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६