अन्तर्राष्ट्रिय

कोरोना : भारतमा एकैदिन १९५ को मृत्यु, ३९०० नयाँ संक्रमित



 काठमाडौं २३ वैशाख। भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक सय ९५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको हो ।सोमबार यो संख्या एक हजार तीन सय ७३ थियो । त्यस्तै संक्रमितको संख्या पनि पछिल्लो २४ घण्टामा तीन हजार नौ सयले बढेको छ । यससँगै समग्र संक्रमितको संख्या ४६ हजार चार सय ३३ पुगेको छ ।भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १४ हजार पाँच सय ४१ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पाँच सय ८३ पुगेको छ । त्यस्तै गुजरातमा पाँच हजार आठ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने तीन सय १९ जनाको मृत्यु भइसकेको छ ।

                 मध्य प्रदेशमा पनि दुई हजार नौ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा एक सय ६५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार सात सय ६६ जनामा संक्रमण देखिँदा ५० जनाको मृत्यु भइसकेको छ ।पश्चिम बंगालमा पनि एक हजार दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक सय ३३ जनाको मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म पाँच सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने चारजनाको मृत्यु भएको छ ।अहिलेसम्म भारतमा १२ हजार सात सय २७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६