अन्तर्राष्ट्रिय

फेसबुकमा लाइभ भिडियो हेर्न शुल्क तिर्नुपर्ने



एजेन्सी, २४ बैशाख । फेसबुकले लाइभ भिडियो हेर्ने हरुका लागि शुल्क तिर्नुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारीपछि जारी लकडाउनले समस्यामा परेका कलाकारहरुलाई सहयोग गर्ने उद्देश्यले केही साताभित्रै शुल्क लिने तयारी गरेको फेसबुकले जनाएको छ ।

            कलाकारहरुले फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिएवापत उनीहरुलाई शुल्क तिरिने छ । यसबाट सर्जक तथा साना व्यवसायीहरुलाई समेत लाभ प्राप्त हुने फेसबुकले जनाएको छ। लाइभ भिडियोमा शुल्कको व्यवस्था लागू गर्नका लागि फेसबुकले एक नयाँ फिचर थप  गरिने छ ।  फेसबुक लाइभ गर्ने फेसबुक प्रयोगकर्ताले लाइभमा आउनुअघि नै आफ्नो लाइभ भिडियो अरुलाई निःशुल्क रुपमा देखाउने कि सःशुल्क बनाउने भन्ने विकल्प रोज्न सकिनेछ ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६