एजेन्सी, २४ बैशाख । फेसबुकले लाइभ भिडियो हेर्ने हरुका लागि शुल्क तिर्नुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारीपछि जारी लकडाउनले समस्यामा परेका कलाकारहरुलाई सहयोग गर्ने उद्देश्यले केही साताभित्रै शुल्क लिने तयारी गरेको फेसबुकले जनाएको छ ।
कलाकारहरुले फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिएवापत उनीहरुलाई शुल्क तिरिने छ । यसबाट सर्जक तथा साना व्यवसायीहरुलाई समेत लाभ प्राप्त हुने फेसबुकले जनाएको छ। लाइभ भिडियोमा शुल्कको व्यवस्था लागू गर्नका लागि फेसबुकले एक नयाँ फिचर थप गरिने छ । फेसबुक लाइभ गर्ने फेसबुक प्रयोगकर्ताले लाइभमा आउनुअघि नै आफ्नो लाइभ भिडियो अरुलाई निःशुल्क रुपमा देखाउने कि सःशुल्क बनाउने भन्ने विकल्प रोज्न सकिनेछ ।
प्रतिक्रिया