ब्रेकिंग न्युज

दशगजाको आकाशमुनि साढे तीनसयको बास , नेपाल तर्फ यसले बढायो थपत्रास, बाणगंगाले निकाल्यो निकास


२४ बैशाख २०७७, बुधबार


कपिलवस्तु २४ बैशाख  । कोरोना भाईरसका कारण सिमा नाका बन्द गरिएको बेला जिल्लाका बिभिन्न नाकाबाट नेपाल प्रबेश गर्नेको संख्या वढ्दै गएको छ । सोेमवार देखि बुधवार ४ बजे सम्म नेपाल प्रबेश गर्न खाज्ने ३ सय ५३ जना अहिले दशगजामा अलपत्र परेका छन । भारतको बिभिन्न स्थानमा रोजगारीकालागि गएकाहरु अहिले फर्कने क्रम बढेको हो । उनीहरुलाई भारतीय सुरक्षाकर्मीले छाडेपछि नाकाबाट छिर्नेक्रममा सशस्त्र प्रहरीले राकेपछि ३ सय ५३ जनाको दशगजा मै बास भएको छ । दुःख कष्ट सहेर बल्ल तल्ल नेपालको सिमा आएका उनीहरु प्रबेश नपाएपछि मर्कामा परेका छन । उनीहरु खुला आकाश मुनी बस्न बाध्य भएका छन । यता बाणगंगाको बिपद ब्यवस्थापन समितिले सिमामा आएका नगरवासीलाई स्थानीय प्रशासनले नेपाल प्रबेश गर्ने अनुमति दिएमा नगरले  गाडीको ब्यवस्था गरेर सिधै शिद्धार्थ क्याम्पसमा रहेको क्वारेण्टाइनमा राख्ने गरि आवश्यक प्रबन्ध मिलाई सकिएको प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले प्रेसपाटीलाई जानकारी दिनु भयो । 


    भारतको मुम्बैबाट १० दिनको कठिन यात्रापछि सिमामा पुगेका कपिलबस्तु नगरपालिका वडा नम्बर– ४ का रोमेश्वर यादवले भातरीय सुरक्षाकर्मीले आउन दिए पनि नेपाली सुरक्षाकर्मीले राकेपछि अहीले दशगजा मै बास भएको वताउनु भयो । २ दिन देखि दशगजामा रहेको र सिमामा अलपत्र भएका आफुहरु निकै मर्कामा परेको उहाँको भनाई छ ।  हावाहुरी, पानीको मौसम छ, लामखट्टेले टोकोको छ खाना कुरा केही छैन नेपाल प्रबेश गर्न नदिए पछि निकै दुख लाग्यो आफनो देश आउन पनि पाइएन गुनासो पोख्दै वताउनु भयो । 

        यशोधरा गाउपालिका– ४ पिपराका वडाध्यष फत्ते मोहोम्द मुसलमानले वडा र गाउबासीको सहयोगमा सिमामा अलपत्र परेकाहरुलाई खान खुवाईएको वताउनु भयो । भारत तर्फबाट फर्कीनेहरुलाई भारत मै र नेपालबाट फर्किन खोज्नेलाई नेपालको क्वारेन्टाईनमा राख्ने दूइ देश बिच सहमित भएको थियो । तर भारतीय सुरक्षाकर्मीले त्यसको कार्यान्वयन नगर्दा अहिले समस्या भएको नेपाली सुरक्षाकर्मीको भनाई छ । सशस्त्र प्रहरी उपरिक्षक जनकराज पुरीले कृष्णनगरमा ५०, मर्यादपुरमा १ सय ६, चाकरचौडामा ८१, भिल्मीमा ४६, हदौनामा ६२, हथिहवामा ७, बिजयनगरमा १ जना रहेको वताउनु भयो । यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले गृहमन्त्रालयको आदेश अनुसार नै आफुहरुले उनीहरुलाई प्रबेश गर्न रोकेको वताउनु भयो । नेपाली नागरिकहरुले दुः ख पाईरहको भन्दै उनीहरुलाई भारत तर्फको क्वारेन्टाईनमा राख्ने गरी समन्वय गरिएको वताउनु भयो ।  

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे