देश

रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने



काठमाडौँ, १४ कात्तिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले छिट्टै चीन भ्रमण गर्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकमा सो भ्रमणका बारेमा छलफल भएको थियो । बैठकमा मधेस प्रदेश र केही जिल्लामा देखिएका समस्या तथा मधेस अडिट सम्बन्धमा सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलको प्रतिवेदन पेस भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो । सो प्रतिवेदन अध्ययनपश्चात् पार्टीले आगामी कदम चाल्ने बैठकको निर्णय छ ।

प्रकाशित : १५ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६