अर्थ-वाणिज्य

पालिका अध्यक्ष भन्छन् मल र बीउको हाहाकार भयो ,प्रदेश सरकारले चासो दिनु पर्ने



कपिलवस्तु २४ वैशाख  । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलन नदिन सरकारले चैत ११ गतेबाट घोषणा गरेको लकडाउनको कारण कपिलवतुका कृषकहरूलाई समयमा मल बीउ प्राप्त गर्न समस्या देखिएको छ । लकडाउनको कारण कार्यालय, उद्योग, निर्माण, व्यापार व्यवसाय बन्द भएपछि घरैमा रहेकाहरूले सामाजिक दुरी कामय राखेर कृषि कार्यलाई निरन्तरता दिन संघीय सरकारले यस अघि नै अनुरोध गरेको छ ।

        तर जिल्लामा मल विउको उपलब्धता नहुनु, सिमा नाका वन्द हुनु, भएको ठाउँमा पनि ढुवानीको समस्या हुनु लगायतको प्रभाव कपिलवस्तुमा परेको छ । जिल्लामा कृषकले खेतिका लागि आवश्यक मल, बीउ नपाएको गुनासाहरु बाहिर आउन थालेका छन् । कपिलवस्तुको मायादेवी गाँउपालीकामा किसानहरूले रसायनिक मल र बीउ नपाउँदा समयमा बाली लगाउन नपाईने हो कि भनेर किसान चिन्तीत वनेका छन् । 

        अहिले विस्तारै वर्खे खेती लगाउने सिजन सुरु हुदै गरेको छ । यो समयमा कृषकहरु धानका विउ, मल खरिद गर्न व्यस्त हुन थालेका छन ।  घरघरमा रासायनिक मल विउ विजन पुगी सक्नु पर्ने समय हो । तर लकडाउनले गर्दा अहिले सम्म किसनहरु मल विउ विजनको कुनै जोहो गर्न पाएका छैनन् । मायादेवि गाउपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले गाउपालिकाको धेरै किसान भारतको सिमानाका संग जोडिएकाले र त्यतै वाट मल तथा विउ विजन ल्याई उत्पादनमा लाग्ने हुदा अहिले रोकिएकोले थप समस्यामा परेको वताउनु भयो । उहाँले पत्रकारसंग  कुराकानी गर्दै कृषककोे समस्या सम्बोधनका लागि संघिय सरकाले ध्यान दिन आवश्यक रहेको वताउनु भयो । 

        उहाले गाउपालिकाको बजेट थोरै भएकाले पालिका भित्रका किसानलाई मल विउ वितरणका लागि अपुग हुने भएको बताउदै प्रदेश सरकारलाई बजेट व्यवस्थापनका लागि समेत उहाले आग्रह गर्नु भयो । साथै किसानलाई राहतमा मल तथा विउको व्यवस्था मिलाउन आवश्यक रहेको औल्याउनु भयो । महिनौ दिन सम्म भएको लकडाउनका कारण किसानलाई धेरै नोक्सानी भएका कारण बर्खे खेतिको लागि राहतमा मल तथा विउ उपलब्ध गराउनु अहिलेको पहिलो आवश्यक्ता रहेको उहाँको भनाई छ । 

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६