लुम्बिनी

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्दार



प्यूठान, २५ बैशाख ।  प्यूठानकी एक गर्भवती महिलाको उद्दार गरी काठमाडाँै पठाइएको छ । मल्लरानी गाउँपालिका –३ बर्बोटकी ३० वर्षीय शिवा पोख्रेललाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । बन्दाबन्दीका समयमा पोख्रेलको स्वास्थ्यावस्था जटिल भएका कारण उहाँको उद्धार गरिएको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।  सुत्केरी व्यथाले छट्पटाइरहेकी पोख्रेलको प्युठानमा उपचार सम्भव नभएपछि गृह मन्त्रालयबाट स्वीकृत लिई हेलिकप्टरमार्फत निजामती अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो । 

            राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जटिल स्वास्थ्यवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । प्युठानमा भने कार्यक्रम  लागू नभएका कारण हेलिकोप्टर चार्टड गरेको भाडा परिवारले नै व्यहोर्नु पर्नेछ ।

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६