लुम्बिनी

कोरोना अस्पतालको आइसोलेशन बिरामीमैत्री



बाँके, २६ बैशाख ।  कोभिड–१९ सङ्क्रमितलाई उपचार गर्नका लागि खजुरामा बनाइएको आइसोलेशन बिरामीमैत्री देखिएका छन् । सरकारी मापदण्डानुसारकै साधनस्रोतसहित निर्माण गरिएका आइसोलेशन उपचारका लागि उपयुक्त छन् । 

            कोरोना अस्पतालमा सरकारी मापदण्डानुसार नै बिरामीका लागि भोजन र आवाससहित अन्य मनोरञ्जनका साधनको समेत व्यवस्थापन गरिएको छ । आइसोलेशन शतप्रतिशत मापदण्डमा नभए पनि बिरामीका लागि सहज हुने गरी  सेवामुखी रहेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको आइसोलेशन अस्पतालका समेत प्रमुख रहनुभएका भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाशबहादुर थापा बताउनुहुन्छ । 

            आइसोलेशनमा रहेका सबै बिरामीका लागि सरकारले तोकेअनुसारकै सेवासुविधा शतप्रतिशत नभए पनि व्यवस्थापनमा अस्पतालले राम्रै प्रबन्ध मिलाएको उहाँको भनाइ छ । बिरामीका लागि आवश्यक सबै सेवा प्रदान गरिए पनि यहाँ उत्पादन हुने फोहोर विसर्जनमा भने निकै समस्या देखिएको छ । यसका लागि गाउँपालिकासँग पटकपटक छलफल भइरहेको भेरी अस्पतालका नर्सिङ अधिकृत तथा आइसोलेशन इन्चार्ज शिला शर्मा बताउनुहुन्छ ।

        अस्पतालमा रहेका संक्रमितमा एकै परिवारका बाबुछोरीलाई एकै ठाउँमा राखिएको, उनीहरूको माग र आवश्यकतानुसार सामग्री, खानपान र समय बिताउनका लागि विभिन्न साधन उपलब्ध गराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार उपचारमा रहेका बिरामीको अवस्था सामान्य छ । आइसोलेशनमा राखिएका बिरामीमध्ये एक  गर्भवती छिन् ।  

            संक्रमण पुष्टि हुनेमा एकै परिवारका सदस्यसमेत छन् । त्यसअघि सात वर्षीयासँगै उनकी आमालाई समेत संक्रमण देखिएको भेरी अस्पतालले बताएको छ । आमा पनि पोजेटिभ भएपछि बाबु, आमा र छोरीलाई एउटै क्याबिनमा राखिएकाले पनि यहाँको व्यवस्थापन राम्रो देखिएको मुस्लिम आयोगद्वारा गठित जिल्लास्थित अनुगमन समितिका सदस्य मो अब्दुल कविले बताउनुभयो । उहाँहरुले अस्पतालको आइसोलेशनमा रहेका सबै बिरामीको अवस्थामा सामान्य रहेको बुझिएको बताउनुभयो ।

            जिल्लास्तरीय अनुगमन समितिले यसअघि सरोकार पक्षसँग भेटघाट गरी नेगेटिभ आएकाहरुलाई रोजा बस्न घरमै सेल्फ क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको थियो । ‘चिकित्सकहरुको सुझावका आधारमा सबै जना घरमै क्वारेन्टाइनमा बस्नुहुनेछ,’ अनुगमन समितिका सदस्य शाहिदा बानो शाहले भन्नुभयो । (रासस)

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६