पर्यटन

लुम्विनी भ्रमण वर्षको समापन, महामारी विरुद्ध साझा एक्यबद्धता आह्वान



बुटवल, २६ वैशाख । प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ औपचारिक रुपमै समापन गरेको छ । गत वर्ष २५६३ औं बुद्ध जयन्तीको अवसर पारेर लुम्विनी भ्रमण वर्ष शुभारम्भ गरेको प्रदेश सरकारले लकडाउनका वीच नै २५६४ औं बुद्ध जयन्तीको अवसर पारेर समापन गरेको छ । प्रदेश सरकारले गरेको लुम्विनी भ्रमण वर्षको व्यापक आलोचना भएको थियो । भ्रमण वर्षका अवसरमा लुम्बिनीलगायत बुद्धसँग सम्बन्धित कपिलवस्तुका , नवलपरासी, रुपन्देही लगायत क्षेत्रहरुको प्रवद्र्धन र प्रचार प्रसारका कार्यक्रम गरिएको थियो । समापनकै अवसरमा विहिवार बुद्ध जन्मस्थल लुम्बिनीमा कोभिड –१९ महामारी विरुद्ध साझा संकल्प गर्दै दीप प्रज्वलन गरिएको थियो । 

            कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले महामारीविरुद्ध लड्न साझा ऐक्यबद्धताका लागि सबैलाई आह्वान गर्नुभएको थियो । लुम्बिनी भ्रमण वर्ष मूल समितिका संयोजक मुख्यमन्त्री पोखरेलले कोभिड –१९ विरुद्ध जुध्नका लागि बुद्ध दर्शनलाई आत्मसात् गर्न सकिए मानव समुदायलाई आवश्यक पर्ने आत्मबल प्राप्त गर्न सकिने बताउनु भएको थियो । उहाँले बौद्ध दर्शनले मानिसलाई निराशा नभएर आत्मविश्वास र मानसिक शान्ति कायम गर्न मार्गदर्शन गर्ने र भाइरसविरुद्ध लड्न सफलता प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

            सो अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं भ्रमण वर्ष कार्यकारी समितिका संयोजक लीला गिरीले भ्रमण वर्ष कार्यक्रम लुम्बिनी र बुद्धसँंग सम्बन्धित स्थानहरुको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्रित गरिएको बताउँदै यसबाट ती स्थानको प्रचारप्रसार तथा स्थानीयवासीमा संरक्षण र विकासमा अपनत्वको भावना जागरुक भएको बताउनुभयो ।प्रदेश सरकारका उद्योग सचिव डा. राधा वाग्लेले भ्रमण वर्षमा आयोजना गरिएका मायादेवी प्रसूति उत्सव, सुजाता खीर उत्सव, बौद्ध साहित्य गोष्ठी, अन्तरराष्ट्रिय बौद्ध दर्शन गोष्ठी, त्रिपिटकवाचन तथा बुद्धसंँग सम्बन्धित स्थानमा प्रत्येक महिनाको पूर्णिमामा फुल मुन डे कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । ५ लाख पर्यटक लुम्विनी भित्राउने उद्देश्यसहित सुरु गरिएको लुम्विनी भ्रमण वर्षको कार्यक्रमलाई लिएर विभिन्न क्षेत्रबाट असन्तुष्टी व्यक्त भएपछि प्रदेश सरकारले भ्रमण वर्षको कार्यक्रम नै गर्न सकेको थिएन । 

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६