लुम्बिनी

सामाजिक दुरी कायम गर्दै वडा कार्यालय शिलान्यास



बुटवल, २६ बैशाख । बन्दाबन्दीको समयमा सामाजिक दुरी कायम गर्दै सैनामैना नगरपालिकामा वार्ड कार्यालय भवनको शिलान्यास भएको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले सामाजिक दुरी कायम गर्दै विकास निर्माणको कार्यलाई अगाडी बढाईएको बताउनु भयो । वार्ड कार्यालय भवनको शिलान्यास गर्दै सैनामैना ३ का वार्ड अध्यक्ष रत्न बहादुर पौडेलले यो सबैको साझा सम्पति भएकोले निर्माण कार्यमा सबैको साथ, सहयोग र अनुगमन जरुरी रहेको बताउनु भयो । 

            करिब १ करोड ५० लाखको लागतमा सैनामैना ३ को कार्यालय भवन निर्माण गर्न लागिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो । बनाउन लागिएको भवन दुई तले रहेको र प्रत्येक तलामा चारवटा कोठा रहने सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले बताउनु भयो । वडा कार्यालय भवन करिब ६ महिनाभित्रै निर्माण सम्पन्न हुने निर्माण कम्पनी जय देउराली निर्माण सेवाका संचालक बिष्णु घिमिरेले बताउनु भयो । आफ्नै वडामा कार्यालय भवन बनेपछि सेवा लिन धेरै सहज हुने सैनामैना ३ निवासी निर्मलराज पौडेलले बताउनु भयो । 

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६