बुटवल, २६ बैशाख । बन्दाबन्दीको समयमा सामाजिक दुरी कायम गर्दै सैनामैना नगरपालिकामा वार्ड कार्यालय भवनको शिलान्यास भएको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले सामाजिक दुरी कायम गर्दै विकास निर्माणको कार्यलाई अगाडी बढाईएको बताउनु भयो । वार्ड कार्यालय भवनको शिलान्यास गर्दै सैनामैना ३ का वार्ड अध्यक्ष रत्न बहादुर पौडेलले यो सबैको साझा सम्पति भएकोले निर्माण कार्यमा सबैको साथ, सहयोग र अनुगमन जरुरी रहेको बताउनु भयो ।
करिब १ करोड ५० लाखको लागतमा सैनामैना ३ को कार्यालय भवन निर्माण गर्न लागिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो । बनाउन लागिएको भवन दुई तले रहेको र प्रत्येक तलामा चारवटा कोठा रहने सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले बताउनु भयो । वडा कार्यालय भवन करिब ६ महिनाभित्रै निर्माण सम्पन्न हुने निर्माण कम्पनी जय देउराली निर्माण सेवाका संचालक बिष्णु घिमिरेले बताउनु भयो । आफ्नै वडामा कार्यालय भवन बनेपछि सेवा लिन धेरै सहज हुने सैनामैना ३ निवासी निर्मलराज पौडेलले बताउनु भयो ।
प्रतिक्रिया