लुम्बिनी

रेडक्रस दिवसको अवसरमा रक्तदान १०३ युनिट रगत संकलन



रुपन्देही, २६ बैशाख । आज विश्व रेडक्रस दिवस रेडक्रसका जन्मदाता जा हेनरी ड्युनाको सम्झनामा विश्वभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । विश्वभर महामारीका रुपमा फैलिएको काभिड–१९ कोरोना भाईरसले गर्दा विगतका बर्षमा जसरी कार्यक्रमहरु भने हुन सकेनन् । यद्यपी सामाजिक दुरी कायम गर्दै विपद न्युनिकरणमा सहयोग गर्ने हेतुले रक्तदान लगायतका कार्यक्रम सम्पन्न भएका छन्

        रुपन्देहीको सैनामैनामा रहेको सैनामैना युवा रेडक्रस सर्कलले आज रेडक्रस दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना–८ रामापुरमा रहेको सत्चिन्तन सामुदायिक प्रतिष्ठानमा आज सम्पन्न भएको कार्यक्रमा १०३ युनिट रगत संकलन भएको छ । सैनामैना युवा रेडक्रस सर्कलका अध्यक्ष महेश अधिकारीको सभातित्व , नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष प्रेमलाल उदासको प्रमुख आतिथ्यतामासम्पन्न भएको कार्यक्रम बिहान ०८ बजे देखी ११ बजे सम्म भएको थियो । कार्यक्रममा नमुना युथ क्लब , घर घरमा चुलो अभियान ,नव जन जागृति युवा क्लब , सैनामैना ग्रिल तथा स्टिल ब्यवसायी संघ , आधिखोला व्वाईज गु्रपको बिशेष सहयोग रहेको सर्कलका अध्यक्ष महेश अधिकारीले बताउनुभयो ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६