दाङ, २६ बैशाख । दाङ जिल्लमा आइसोलेशनमा बसेका सबै जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कोरोना विशेष अस्पताल बेलझुण्डी र लमही अस्पतालमा राखिएका ३८ जनाको रिपोर्ट नेगेटिभ आएको हो । घोराहीस्थित प्रतिष्ठानमा रहेको कोरोना जाँच प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड –१९ फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार आइसोलेशनमा रहेका सबैको स्वास्थ्यावस्था सामान्य छ ।
दाङका आइसोलेशनमा पिसिआर जाँच गराएका १८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । । पालिकाले बनाएका क्वारेन्टाइनमा शुक्रबारसम्म ७९ जना रहेको पनि फोकल पर्सन चन्दले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकामा २४, बबई गाउँपालिकामा नौ, लमही नगरपालिकामा ३५, गढवा गाउँपालिकामा ६ र घोराही उपमहानगरपालिकामा पाँच क्वारेन्टाइनमा रहेका थिए ।यसअघि क्वारेन्टाइनमा बसेका १९७ जनाको आरडिटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएका हुँदा उनीहरुलाई डिस्चार्ज गरिएको छ ।
प्रतिक्रिया