लुम्बिनी

सीमा समस्या समाधानका लागि ऐक्यबद्ध बनौं : मुख्यमन्त्री पोखरेल



रुपन्देही २७ बैशाख ।  प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ ।  सामाजिक सञ्जालमार्फत आज उहाँले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताउनुएको छ । “लकडाउनले खुला सीमाको समस्या उजागर गरेका बेला कालापानी क्षेत्रको  किचलो नेपाललाई सीमा समस्या समाधान गर्ने अवसर हो ”, उहाँले उल्लेख गर्नुभएको छ ।

           मुख्यमन्त्री पोखरेलले भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउनसमेत आग्रह गर्नुभएको छ ।  उहाँले प्रदेशका विभिन्न जिल्लामा भारतबाट आएका  नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान आग्रह गर्नुभएको छ ।  उहाँले भन्नुभएको छ, “दक्षिण भारत र दिल्लीबाट आउनुभएका प्रदेश ५ का सबै अनिवार्य रुपमा कोभिड–१९ को परीक्षण गराएर मात्र घर जानुहोला । परीक्षण निःशुल्क छ । ” यसअघि मुख्यमन्त्री पोखरेलले भारतबाट लुकिछिपी आउने नागरिकका बारेमा सुरक्षा निकायलाई जानकारी दिई नजीकको क्वारेन्टिनमा राख्न लगाउन आग्रह गर्नुभएको थियो । उहाँले समुदायलाई कोरोनाबाट जोगाउन सबैसँग आग्रहसमेत गर्नुभएको छ । 

प्रकाशित : २७ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६