अन्तर्राष्ट्रिय

कोरोना कहरः २ लाख ८० हजार बढीको मृत्यु, ४१ लाखभन्दा धेरै संक्रमित



एजेन्सी, २८ बैशाख । विश्व भर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट आइतबार बिहानसम्म २ लाख ८० हजार ४३१ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण ४१ लाख ६०९ जना संक्रमित भएका छन् । कोरोनाबाट संक्रमितमध्ये १४ लाख ३९ हजार ८४२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अहिले २३ लाख ८० हजार ३३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४७ हजार ८६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 

एकैदिन ४ हजार २४८ जनाले ज्यान गुमाएका छन् भने ८८ हजार ९९७ जनामा नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकमा १५ लाख ८१ हजार २५६ जना संक्रमित छन् । एकै दिन २७ हजार ५५६ जनामा नयाँ संक्रमण देखिएको छ ।  युरोपका देशहरुमा अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै १ हजार ५१ जनाको मृत्यु भएको छ ।

            अहिलेसम्म ६ लाख ४७ हजार २१० जना उपचारपछि निको भएका छन् भने ८ लाख ६ हजार ८६३ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १४ हजार ३५४ जनाको अवस्था गम्भीर छ । एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार ८५१ पुगेको छ । ६ लाख ५० हजार ८९८ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ५९ हजार ३८२ जना निको भएका छन् । २ लाख ६९ हजार ६६५ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार ८ जनाको अवस्था गम्भीर छ ।

            उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ७४ हजार ५३१ पुगेको छ । कोरोनाकै कारण अहिलेसम्म ८९ हजार ५० जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १५ हजार ७७९ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ९८ हजार १२५ पुगेको छ । मृतकको संख्या १५ हजार ४ सय पुगेको छ । संक्रमितमध्ये १ लाख ३ हजार ६२० निको भएका छन् भने १ लाख ७९ हजार १०५ जनाको उपचार भइरहेको छ ।

            अफ्रिकी मुलुकमा ६१ हजार ९८५ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार २३२ जनाले ज्यान गुमाएका छन् । विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउने र संक्रमित हुनेहरु बढ्दै गएका छन् । विश्वका अधिकांस देशहरु अझै पनि पूर्ण लकडाउकै अवस्थामा छन् भने केही देशहरु आंशिक लकडाउनमा रहेका छन् । कोरोना भाइरस सुरुमा देखा परेका चिनमा भने जनजीवन समान्य बन्दै गइरहेको छ ।

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६