गुल्मी, २८ बैशाख । गुल्मीको मुसिकोट नगरपालिका –९ अर्लाङ्कोटको दासिकोटमा आज चट्याङ पर्दा एउटा गोठमा आगलागी भएको छ । चटयाङले डाँसिकोट पखरेबारी निवासी प्रेमबहादुर विकका गोठमा रहेको भैँसी मरेको वडाध्यक्ष नरेशराज खरेलले जानकारी दिनभुयो ।
आगलागीबाट गोठको माथिल्लो तलामा रहेको द्यान्नलगायत अन्य सामग्रीसमेत जलेर पूर्ण नष्ट भएको छ । राति ठूलो आवाजमा चट्याङ परेपछि आगलागी भएको थाहा पाएपछि स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । वेमौषमी वर्षासँगै पर्ने चट्याङले धनजनको क्षति गरेको छ ।
चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो ।
प्रतिक्रिया