अर्थ-वाणिज्य

कोरोना भाइरस प्रभावितलाई तरुण दल र नेविसंघ कपिलवस्तुको संयुक्त राहत



कपिलवस्तु, २८ बैशाख ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावित भएका विपन्न असहायलाई राहत वितरण गरिएको छ ।  तरुण दल कपिलवस्तु र नेविसंघ छेत्र नं .१ कपिलवस्तुको संयुक्त आयोजनामा आइतबार राहत वितरण गरिएको हो । अति विपन्न परिवार केन्द्रित रहेर तरुण दल कपिलवस्तु र नेविसंघ कपिलवस्तुले संयुक्त रुपमा दोस्रो चरणको राहत वितरण गरेका हुन् । नेपाली कांग्रेसका भातृ संगठनद्वयले बाणगङ्गाका ३ वटा वडाहरु वडा नं. नं.११ ओदारी, वडा नं.१० पटना मेचकुरी डाँडा र वडा नं.५ को कोपवा र झण्डामा बिपन्न परिवारलाई दाल,चामल,नुन र तेल राहत स्वरुप वितरण गरेको हो ।

             कार्यक्रममा नेका जिल्ला सदस्य रबि काफ्ले जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरी, क्षेत्रीय कोषाध्यक्ष ज्ञानु कार्की, तरुण दल छेत्रीय सभापति तिलक थापा,सदस्य दिपक घिमिरे कृष्ण पराजुली, विद्यार्थी नेता दिनेश छेत्री, समाजसेवी ब्यक्तित्व मुकेश खनाल, बलराम घिमिरे, लक्ष्मण कँडेल, भग्गु चौधरी वडा सभापति गोबिन्द चौधरी,शालिकराम पौडेल, वडा नंं १० का वडा अध्यक्ष रामबिहारी चौधरी, नगर सदस्य जेदप्रकाश खनाल, गेल्हईराम गुप्ता लगायतको सहभागिता रहेको थियो । 

         यस अघि जिल्लाका विद्यार्थी बिपन्न परिवार कोठा भाडामा बस्ने परिवार गरेर करिब १००० भन्दा बढी परिवारलाई राहत बाढिएको तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण लकडाउनले दुःख पाएका विपन्न परिवार केन्द्रित रहेर आफूहरुले राहत बाढेको ठकुरीले बताउनुभयो । नेविसंघ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल राहत पाउन छुटेका परिवार केन्द्रित रहेर राहत बाढेको जानकारी दिनुभयो ।

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६