लुम्बिनी

लागुऔषधसहित दुई पक्राउ



नवलपरासी, २८ बैशाख । नवपपरासीमा  लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् ।  बर्दघाट– सुस्ता पश्चिमबाट आज ती युवा पक्राउ परेका छन् । बन्दाबन्दीको मौकाछोपी लागुऔषध ओसारपसार गरिरहेका अवस्थामा जिल्लाको भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बसहियाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  

        पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–६ का २८ वर्षीय विजय चौधरी र २५ वर्षीय सुनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरुका साथबाट ओनरेक्स सिरफ १०० मिलिलिटरको चार बोतल, नाइट्रोभेट पाँच फाइन९प्रति फाइल पन्ध्र चक्की र स्पास्मो ५४ फाइल९प्रतिफाइल आठ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ती युवा प्रहरीचौकी बसहियाबाट खटिएको गस्ती टोलीलाई देखेर भाग्न थालेपछि प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा लागुऔषध बरामद भएको हो ।

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६