लुम्बिनी

भैरहवामा पी.सि.आर. परीक्षण सुरु



भैरहवा, २८ बैशाख । प्रदेश ५ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा आइतबारदेखि कोरोना भाइरको पीसीआर परीक्षण सुरु भएको छ । परीक्षणका लागि एक हजार ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आएसँगै परीक्षण सुरु गरिएको हो । किटको अभाव भएपछि यहाँ वैशाख २३ देखि कोरोनाको पीसीआर परीक्षण रोकिएको थियो । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले किट सकिएको एक सातापछि एक हजार किट आएको बताउनु भयो । ‘किट आएसँगै पीसीआर परीक्षणको लागि १ सय ९१ जनाको स्वाब संकलन गरिएको छ भने रुपन्देहीका ६ पालिकाका क्वारेन्टाइनमा रहेका शंकास्पद व्यक्तिको शनिबार स्वाब संकलन गरिएको छ ।

        उता रुपन्देहीको कोटहीमाई–१ का कोरोना संक्रमित युवकसँग सम्पर्कमा आएका २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।यसअघि १० जनाको रिपोर्ट नेगेटिभ आएकोमा बुधबार थप १४ जनाको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको हो । संक्रमित युवकसँग सम्पर्कमा आएका उनको ससुरालीका परिवार र उनले खाना खाएको ठाउँका १४ जनामा गरिएको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको १४ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।यसअघि उनका दाजु र परिवारका १० जनामा गरिएको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो । 

            भारतको नयाँ दिल्लीबाट लकडाउनकै अवधिमा ट्रक र पैदल यात्रा गर्दै मर्चवारको ठोठरी नाका हुँदै बैशाख ५ गते घर आएका २५ वर्षिय युवकमा कोरोना संक्रमण देखिएको थियो । ती युवकलाई बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ । उनमा ज्वरो, रुघाखोकी जस्ता कुनै समस्या नभएको र स्वास्थ्य अवस्था अरु मानिसको जस्तै सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । 

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६