अन्तर्राष्ट्रिय

कोविड : विश्वभर ज्यान गुमाउनेको सङ्ख्या घट्दो क्रममा



काठमाण्डौ २९ बैशाख । विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्याघट्दो क्रममा रहेको छ ।गएको २४ घण्टामा ३ हजार ४ सय ६३ जनाको ज्यान गएको र ७८ हजार ८ सय ४७ जना नयाँ बिरामी थपिएका वल्डओमिटरले जनाएको छ । यस्अघि अस्ति ४ हजार २ सय ४८ जनाको ज्यान जानुका साथै ८८ हजार ९ सय ८८ जना नयाँ बिरामी थपिएका थिए । गएको २४ घण्टामा सबैभन्दा धेरै उत्तर अमेरिकामा २३ हजार ५ सय ६ जना नयाँ बिरामी थपिएका छन् भने ११ सय ६ जनाको ज्यान गएको छ । यस्तै यूरोपमा २२ हजार ७ सय ४७ जना नयाँ बिरामी थपिँदा ९ सय ७५ जनाको ज्यान गएको छ ।

           यसैगरी एसियामा १७ हजार ७ सय २१ जना नयाँ बिरामी थपिँदा ३ सय २१ जनाको मृत्यु भएको छ भने दक्षिण अमेरिकामा १२ हजार १ सय ४ जनामा सङ्क्रमण पुष्टि हुँदा ९ सय ९२ जनाको ज्यान गएको छ ।अफ्रिकामा पनि २ हजार ७ सय ५५ जनामा कोरोना पुष्टि हुँदा ६९ जनाले ज्यान गुमाएका छन् । यसैबीच भारतको कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २ हजार नाघेको छ । ६७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २ हजार २ सय १२ जनाको ज्यान गएको वल्डओमिटरले जनाएको छ ।वल्डओमिटरका अनुसार भारतमा गएको २४ घण्टामा मात्रै १ सय ११ जनाको ज्यान गएको छ भने ४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै साढे २० हजारभन्दा धेरै निको भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म २१ सय ९ जनाको मात्र ज्यान गएको पुष्टि गरेको छ ।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६