अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसले ७० हजार बढी संक्रमित, २२ सय ९४ को ज्यान गयो



एजेन्सी, ३० बैशाख । विश्व भर कोरानो कहरको रुपमा फैलिएको कोभिड–१९ बाट भारतमा ७० हजार बढी संक्रमित भएका छन् । त्यस्तै मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । एकैदिनमा  थप ३ हजार ६०७ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७० हजार ७६८ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।  भारतका विभिन्न कोरोना अस्पतलाहरुमा ४५ हजार ९२५ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २२ हजार ५४९ जना निको भएर घर फर्किसकेको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

        कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा  खुकुलो बनाउँदै लगिएको छ । आजैदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन हुदैछ । रेल सेवा संचालनले भारतमा कोरोना थप फैलने भन्दै केन्द्र सरकारको उक्त कदमको राज्यमन्त्रीहरुले विरोध गरेका छन् । 

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६