लुम्बिनी

कोरोना कहरः कपिलवस्तु जिल्ला सिल , सुनासान वस्ती र सडक …



कपिलवस्तु, ३० बैशाख । विश्वव्यापी महामारीको रुपमा २१२ राष्ट्र र २ वटा पानी जहाजमामा फैलिएको कोरोना कहरले बुद्ध क्रिडाभूमि कपिवस्तु जिल्ला सिल गरिएको छ ।  कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला सुरक्षा समन्वय समितिको बैठकले जिल्ला शील गर्ने निर्णय गरेको हो । प्रशासनको निर्णयसँगै सोमबार साँझ ५ः०० बजेदेखि जिल्लाका सडक र वस्ती सुनसान बनेका छन् । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । कपिलवस्तु जिल्ला जेठ ५ गते राती १२ः०० बजेसम्म पूर्णत सिल रहने छ । यस अवधीमा अति आवाश्यकीय बस्तुहरु ढुवानी (खाद्यन्न ,तरकारी फलफूल दूध पेटोलियम पर्दाथ,ग्यास ,औषधी ,पानी पशुपन्छिको दाना) एम्वुलेन्स शव वाहन तथा राजमार्ग भएर गुडने सवारी साधन (जिल्ला भित्र ओलिर्न र चढ्न नपाउने गरी ) बाहेक सवै प्रकारका सवारी साधन मानिसहरुको आवतजावत तथा सम्पुर्ण गतिविधि बन्द भएसँगै कपिलवस्तु सुनसान बनेको  छ ।

            कपिलवस्तुलाई कोरोना कहरबाट बचाउन सुरक्षाकर्मीहरुले नयाँ रणनीति अपनाएका छन् । अत्यावश्यकह बाहेक जिल्ला सिलको अवज्ञा गर्नेहरुका साइकल, मोटर साइकल र सवारी साधनका हावा आफै खोल्न लगाएका छन् ।  सोमबार कपिलवस्तुको यशोधरा गाउँपालिकामा देखिएका ८ जना कोरोना संक्रमित एउटै गाउँका र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका थिए । यो संगै जिल्लामा १५ जना संक्रमित भएसँगै जिल्ल्लामा थप सचेतना अपनाइएको छ । कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् ।  मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित फेला परेका थिए ।

        कपिलवस्तु जिल्ला भारतसँग सीमा जोडिएको र भारतमा लकडाउन खुकुलो पारेसँगै जिल्लालाई कोरोनाबाट बचाउन कपिलवस्तु सिल गर्नु प्रसंसनीय कार्य हो । भारतका राज्य सरकारहरुले विरोध गर्दा गर्दै भारतीय केन्द्र सरकारले भारतमा रेल सेवा संचलान गरेसँगै जोखिम बढ्ने चिन्ता बढेको हो । जिल्लालाई पूर्णत सिल गर्दै भारतीय सीमावर्ती क्षेत्रमा रहेका नागरिकहरुलाई क्वारेन्टाइमा व्यवस्थापन गरी जिल्ला पूर्णत सफल बनाउनु कपिलवस्तुवासी सबैको साझा कतव्र्य र दायित्व हो । 


प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६