प्रदेश

टाउको काटिएको अवस्थामा शव फेला ,११ को हत्या,५७ आत्महत्या



जनकपुरधाम ३० वैशाख । सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिनुभयो ।उहाँका सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । यद्यपी कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको डिएसपी क्षेत्रीले बताउनुभयो । प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ ।लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या भएको छ भने ५७ जनाले आत्महत्या गरेका छन् ।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६