पर्यटन

तीन महिनामा ६ संरक्षित जनावरको शिकार ,किन फेला पर्दैनन् शिकारी



कपिलवस्तु ३० वैशाख  कपिलवस्तुमा वन्यजन्तुको चोरी शिकारी बढेको छ । पछिल्लो तिन महिना यता कपिलवस्तुमा ६ वटा निलगाई मृत भेटीएका छन । निलगाई नेपालको बन्यजन्तु तथा निकुञ्ज संरक्षण ऐन अनुसार राज्यवाट संरक्षित दुर्लभ जनावर हो । बन्दाबन्दी शुरू भएपछि संरक्षित वन वन्यजन्तुको शिकार गर्ने क्रम बढेको एक तथ्यंकले देखाएको छ । आइतबार कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ९ शिवभारी गाँउको खेतमा वयस्त एक निलगाई मृत भटिएको थिया । योसंगै मृत निलगाईको संख्या ६ पुगेको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ । 

            २०७६ को फागुन १३ गते महाराजगंज नगरपालिका वडा नं ५ पण्डीत डिहवा एक निलगाई, चैत्र ३ गते महाराजगंज नगरपालिका वडा नं ७ कुशहवामा एक मृत निलगाई फेला परेको थियो ।  त्यस्तै चैत्र १५ गते शिवराज नगरपालिका ७ गडगौडामा एक मृत निलगाई फेला परेको हो । यसैविच २०७७ सुरु भएपछी वैशाख ९ गते महाराजजगंज नगरपालिका वडा नं ७ कुशहवामा एक ,वैशाख १५ गते कृष्णनगर नगरपालिका वडा नं ८ लोहरौलामा एक निलगाई मृत भेटीएको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन बन अधिकृत दुर्गा बहादुर कार्कीले जानकारी दिनु भयो । 

        कपिलवस्तुको  वनका कर्मचारी सुरुको आवस्थामा सरकारले लागु गरेको लकडाउनको निर्देशनको पालन गर्दा वन तस्करहरु सक्रिय भएकोले वन्यजन्तु र काठ चोरी निकास बढेको छ । वन क्षेत्रमा वन रक्षक र प्रहरी परिचालन गरिएको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका वन अधिकृत एजाज अन्सारीले बताउनु भयो । मृत भेटिएका निलगाईलाई गौतमबुद्ध डिभिजन वन कार्यालय नजिकै खडल खनी गाडीएको वन अधिकृत अन्सारीले बताउनु भयो ।  

        बन्दाबन्दी भएपछि वन कर्मचारी बहिरा ननिस्कीएपछि शिकार गर्नेहरुले मौका निकालेर वन्यजन्तुको शिकारका लागि गएको पाइएको छ । वन्यजन्तु चोरी सिकाई गरेको प्रमाणित भए वन्य जन्तु संरक्षण ऐन २०२९ बमोजिम कार्वाही हुनेछ  ।  कसैको कसुर प्रमाणित भए ६ महिना देखी १५ बर्ष सम्म कैद र १० हजार देखी १० लाख सम्म जरिवान तिर्ने वन्य जन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था गरिएको छ ।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६