अन्तर्राष्ट्रिय

विजयनगरले खोल्यो दशगजा नजिक २ सहित ६ क्वारेन्टाइन : भारतवाट आएका ३ सय ४४ थपिए


३० बैशाख २०७७, मंगलबार


 विजयनगर ३० बैशाख कपिलवस्तुको विजयनगर गाउँपालिकामा मंगलवारसम्म दशगजा नजिक २ र अन्य ४ सहित ६ वटा क्वारेन्टाइन संचालनमा ल्याएकोछ । जसम दशगजा नजिक रहेको दुई ठाउँमा ३ सय ४४ जना व्यक्ति रहेका छन् । जसमा गुगौलीको ४० जना, प्रेमनगरमा ४० जना, जुडपानीमा ३९ जना र गणेशपुरमा  ९५ जना क्वारेन्टाइनमा रहेका छन् ।

        त्यस्तै गाउँपालिकाको दशगजा नजिकै रहेको मधुनगरमा १ सय जना र नयाँबस्तीमा ३० जना गरी ३ सय ४४ जना रहेका छन् ।जसमध्ये हालसम्म ७६ जनाको पिसिआर नमुना संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवा पठाइएको स्वास्थ्य शाखाले जनाएको छ । आइतवार ५० जना र सोमवार २६ जनाको पिसिआर नमुना संकलन गरिएको थियो ।भारतको महाराष्ट्रको मुम्बइर्, पुणे लगायत विभिन्न ठाउबाटँ आएर दशगजा नजिकै  बसेका सम्पूर्ण नागरिकाको खाना र बस्नका लागि उचित व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनु भएको छ ।

        दिनप्रतिदिन संख्या बढ्दै जाँदा व्यवस्थापन कठिनाई हुँदै गएको र अवस्थालाई हेर्दा उच्च जोखिमपूर्ण रहेको थापाले बताउनुभयो ।यसरी दिनप्रतिदिन कपिलवस्तुमा कोरोनाको संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला सिल भएपछि  गाउँपालिकाले उच्च सर्तकता अपनाएको  बताउनुभयो ।इलाका प्रहरी कार्यालय गणेशपुरले पूर्ण रुपमा लकडाउन पालन गर्नका लागि माइकिङ्ग गर्दै बस्तीबस्तीमा पुगी जानकारी गराएको छ

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे