जीवनशैली

वुद्धभुमीले शुरुगर्यो कोरोना संक्रमितको ट्रयाकिङ ,५ सदस्यीय टोली परिचालित



बुद्धभूमी ३१ बैशाख  ।कपिलवस्तुको वुद्धभुमी नगरपालिकाले कोरोना संक्रमण भएकाको कन्ट्याक ट्रयाक गर्न सुरु गरेको छ । नगरपालिकाका ४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएपछी उनीहरुको भ्रमण र भेटघाट खोजी गर्न थालिएको हो । कोरोना संक्रमित भएकाहरु कुन कुन स्थानमा गए । त्यहा को संग भेटे , उनीहरुको प्रत्यक्ष सम्पर्क को संग भयो सवै कुराको खोजी गरीने छ । उनीहरुको क्वारेन्टाईनका गतिविधी समेत अनुसन्धान गरीने बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले वताउनु भयो ।

    उनीहरुको कन्ट्रयाक ट्रेकिंगकालागी ५ जनाको टोली वनाईएको छ । आजैवाट काम सुरु गरीएको छ । संक्रमितको पुरा विवरण तयार गरी अति नजिकबाट सम्पर्क भएकाहरुको पहिचान गर्ने वुद्धभुमी नगरपालिका स्वास्थ्य शाखा प्रमुख डोल विक्रम वेल्वासेले वताउनु भयो । संक्रमित ४ जना भारतवाट आएका थिए । उनीहरुको पुरा विवरण लिई क्लोज कन्ट्याक्ट भएकाहरुको समेत परिक्षण गरीने वताईएको छ । 

    क्न्ट्याक ट्रेकिङगकालागी स्वास्थ्य कर्मीहरुलाई प्रशिक्षण समेत दिईएको छ । मंगलवार स्वास्थ्य विभागको टोलीले स्वास्थ्यकर्मीलाई ट्रयाकिंग गर्ने सम्वन्धी प्रशिक्षण समेत दिएको छ । विभागका जनस्वास्थ्य अधिकृत प्रेम नेपालीको सहितको टोलीले प्रशिक्षण दिएको थियो ।  नगरपालिकाले गौतमवुद्ध मावि गोरुसिंगेमा चैत्र महिनामा क्वारेन्टाईन स्थापना गराएको थियो ।

    उक्त क्वारेन्टाईनमा अहिले २१६ जना रहेका छन । ४५ जनाको आर डि टि परिक्षण गरी विदाई समेत गरीएको थियो । हाल रहेका २१६ जना मध्ये ४ जनामा कोरोना संक्रमण देखिएको छ । १२५ जनाको स्वाव संकलन गरी परिक्षणका लागी पठाईको थियो । नगरपालिकाले भारतवाट आउनेको संख्या वढेपछी प्रत्येक वडामा क्वारेन्टाईन स्थापना गरेको छ । अव आउनेहरुलाई आफ्नै वडाको क्वारेन्टाईनमा लगिने छ । 

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६