अन्तर्राष्ट्रिय

दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु



काबुल ३१ वैशाख । मंगलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु भएको छ। अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय मानवीय संगठन डक्टर्स विथवाउट बोर्डरद्वारा संचालित प्रसूति क्लिनिकमा एक बन्दुकधारी समूहले पुलिसको भेषमा आक्रमण गर्दा दुई नवजात शिशु सहित १६ जना मारिएका छन्।यसैगरी मंगलबारै नान्गहरमा एक पुलिस कमान्डरको अन्त्यष्टिमा आत्मघाती बम आक्रमणका हुँदा २४ जना व्यक्ति मारिएका छन्।उक्त कार्यक्रममा सरकारी अधिकारीहरू र संसद सदस्यको उपस्थित थिए।

            मृत्यु हुने संख्या अझ बढी हुनसक्ने त्यहाँका अधिकारीहरुको भनाइ छ। उक्त बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेट आतंकवादी समूहको अफगान सम्बद्ध इस्लामिक स्टेट खोरासनले लिएको ुद साइट इन्टेलिजेन्स ग्रुपलेु जनाएको छ।तर काबुलमा भएको हमलाका लागि तत्काल कसैले जिम्मेवारी लिएको छैन।इस्लामिक राज्य आतंकवादी समूह नान्गहरमा संक्रिय रहँदै आएकाले आशंका उसैमाथि सोझिएको छ।यो समूहले हालैका महिनाहरुमा काबुलमा उच्च प्रोफाइलका हमला गरेका थिए। सोमबारमात्रै सुरक्षा बलले समूहको क्षेत्रीय नेतालाई पक्राउ गरेका थिए।गृह मन्त्रालयले सार्वजनिक गरेको फोटोहरूमा अस्पतालमा दुई नवजात शिशु मृत अवस्थामा देखाइएको छ। एक तस्बिरमा भुँइमा पछारिएकी एक महिलाको हातमा बच्चा च्यापिरहेको देख्न सकिन्छ।रोयटर्सका अनुसार तस्वीरमा देखिएकी ती महिला भने बाँच्न सफल भएको र हाल उनको अर्को अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

            सार्वजनिक स्थानको सुरक्षाका लागि तालिबान र अन्य आतंकवादी समूहहरूको आक्रमण र धम्कीलाई रोक्न, म अफगान सुरक्षा बललाई सक्रिय सुरक्षा मोडबाट आक्रमिक हिसाबमा शत्रुको बिरूद्ध आफ्नो अभियान सुरु गर्न आदेश दिइरहेको छुु, राष्ट्रपति अश्रफ घानीले एक टेलिभिजन अन्तर्वार्तामा आक्रमणको निन्दा गर्दै भने।घटनाको बेलायत, जर्मनी, टर्की र पाकिस्तान लगायतका देशहरूले निन्दा गरेका छन्।मंगलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु भएको छ।

           अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय मानवीय संगठन डक्टर्स विथवाउट बोर्डरद्वारा संचालित प्रसूति क्लिनिकमा एक बन्दुकधारी समूहले पुलिसको भेषमा आक्रमण गर्दा दुई नवजात शिशु सहित १६ जना मारिएका छन्।यसैगरी मंगलबारै नान्गहरमा एक पुलिस कमान्डरको अन्त्यष्टिमा आत्मघाती बम आक्रमणका हुँदा २४ जना व्यक्ति मारिएका छन्।उक्त कार्यक्रममा सरकारी अधिकारीहरू र संसद सदस्यको उपस्थित थिए। मृत्यु हुने संख्या अझ बढी हुनसक्ने त्यहाँका अधिकारीहरुको भनाइ छ।

उक्त बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेट आतंकवादी समूहको अफगान सम्बद्ध इस्लामिक स्टेट खोरासनले लिएको द साइट इन्टेलिजेन्स ग्रुपले जनाएको छ।तर काबुलमा भएको हमलाका लागि तत्काल कसैले जिम्मेवारी लिएको छैन।इस्लामिक राज्य आतंकवादी समूह नान्गहरमा संक्रिय रहँदै आएकाले आशंका उसैमाथि सोझिएको छ।यो समूहले हालैका महिनाहरुमा काबुलमा उच्च प्रोफाइलका हमला गरेका थिए। सोमबारमात्रै सुरक्षा बलले समूहको क्षेत्रीय नेतालाई पक्राउ गरेका थिए।गृह मन्त्रालयले सार्वजनिक गरेको फोटोहरूमा अस्पतालमा दुई नवजात शिशु मृत अवस्थामा देखाइएको छ। एक तस्बिरमा भुँइमा पछारिएकी एक महिलाको हातमा बच्चा च्यापिरहेको देख्न सकिन्छ।

           रोयटर्सका अनुसार तस्वीरमा देखिएकी ती महिला भने बाँच्न सफल भएको र हाल उनको अर्को अस्पतालको आइसियूमा उपचार भइरहेको छ।सार्वजनिक स्थानको सुरक्षाका लागि तालिबान र अन्य आतंकवादी समूहहरूको आक्रमण र धम्कीलाई रोक्न, म अफगान सुरक्षा बललाई सक्रिय सुरक्षा मोडबाट आक्रमिक हिसाबमा शत्रुको बिरूद्ध आफ्नो अभियान सुरु गर्न आदेश दिइरहेको छुु, राष्ट्रपति अश्रफ घानीले एक टेलिभिजन अन्तर्वार्तामा आक्रमणको निन्दा गर्दै भने।घटनाको बेलायत, जर्मनी, टर्की र पाकिस्तान लगायतका देशहरूले निन्दा गरेका छन्।

स्रोत सेतोपाटी

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६