बाँके, ३१ बैशाख । बाँकेको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लिएर गइरहेकोे एम्बुलेन्स कोहलपुर नगरपालिका वडा नं १२ स्थित सडकदेखि झण्डै सय मिटर तल रोहिणी खोलामा खसेको छ । एम्बुुलेन्समा सुत्केरी प्रमिला परियारसहितकी नवजात, उहाँका पति, ससुरा, एम्बुलेन्स चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परी घाइते भएकाहरुकोे मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया