लुम्बिनी

सुत्केरी बोकेको एम्बुलेन्स एम्बुलेन्स खोलामा



बाँके, ३१ बैशाख ।  बाँकेको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

            कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लिएर गइरहेकोे एम्बुलेन्स कोहलपुर नगरपालिका वडा नं १२ स्थित सडकदेखि झण्डै सय मिटर तल रोहिणी खोलामा खसेको छ । एम्बुुलेन्समा सुत्केरी प्रमिला परियारसहितकी नवजात, उहाँका पति, ससुरा, एम्बुलेन्स चालकसहित ६ जना सवार  थिए । दुर्घटनामा परी घाइते भएकाहरुकोे मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र  खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६