लुम्बिनी

सीमामा रोकिएका ५१० जना प्रवासीलाई उद्दार गरी क्वारेन्टाइनमा



भैरहवा, ३१ बैशाख ।  लकडाउनका कारण नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नेपालीलाई आज स्वदेश ल्याइएको छ । नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा रहेका ५१०  नागरिकलाई रुपन्देहीका सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले उद्धार गरेर आफ्नो नगरमा बनाइएको क्वारेन्टाइन लगेका छन् । 

        उनीहरु सबैले सीमावर्ती भारतीय क्वारेन्टाइनमा २१ दिनको अवधि पूरा गरेका हुन् । ‘सीमामा रोकिएकोलाई ल्याएर क्वारेन्टाइनमा राख्न सिनपा र तिनपा तयार भएपछि उहांँहरुलाई सीमावर्ती भारतीय क्वारेन्टाइनबाट नेपाल ल्याएको हो’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । जिल्ला प्रशासन कार्यलय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार  नेपाल प्रवेश गरेकामध्ये २७७ जना सिद्धार्थनगर र  २३३ जनालाई तिलोत्तमा नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिने छ । उनीहरुलाई सिद्धार्थनगर र तिलोत्तमाको क्वारेन्टाइनमा राखेर कोरोनाको स्वाब परिक्षण गरिने छ । परीक्षणमा नेगेटिभ देखिए घर पठाइने छ । 

        सिद्धार्थनगर पालिकाले लीलाराम मावि र  भैरहवा नमूना माविमा प्रवासी नेपाली राख्ने गरी क्वारेन्टाइन बनाएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । यसैगरी तिलोत्तमा नगरपालिकाले सीमापारि भारतीय भूमिमा रहेका नेपालीलाई राख्नका लागि नगरभित्रको मधवलिया माविमा तयार गरिएको क्वारेनटाइनमा राख्ने तयारी गरेको  नगरका प्रवक्ता सुरेन्द्रश्रीले बताउनुभयो । भारतले लकडाउन खुकुलो पारेसँगै सीमावर्ती क्षेत्रमा प्रवासी नेपालीहरुको भीड लाग्ने गरेको छ ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६