काठमाडौं, १ जेष्ठ । कपिलवस्तुकी ६ वर्षीय बालिकामा आज कोरोना पुष्टि भएको छ । ती बालिका कपिलवस्तु बाणगंगा नगरपालिका –४ की रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । बालिकाको काठमाडौं महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बालिकाको उपचारको क्रममा संक्रमण भएको बताइएको छ ।आज नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कपिलवस्तुकी ६ वर्षीय बालिका र काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष कोरोना संक्रमित भएका हुन् । निजहरु स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
कपिलवस्तु कोरोना संक्रमणको हटस्पोट बनेसँगै कपिलवस्तुमा कोरोना संक्रमितहरुको संख्या बिहीबार विहान सम्म ३९ पुगी सकेको छ । बाणगंगा पहिलो पटक बालिकामा कोरोना संक्रमण फेला परेको छ । यसरी कोरोना संक्रमित हुनेहरु अधिकांस भारतबाट चोरबाट हुँदै लुकीछिपी आएकाहरु रहेका छन् ।
प्रतिक्रिया