नवलपरासी, १ जेठ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा कोरोना पुष्टि भएका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपाल भारत सीमा क्षेत्र बसहिया र बैदौलीबीचको धमौलीबाट खेतको बाटो हँुदै नेपाल प्रवेश गरेका थिए ।
नेपाल प्रवेश गरेको स्थानीयवासीले थाहा पाएपछि घर पुग्नुअगावै उनलाई क्वारेन्टाइन पठाएको थियो । ती युवक करीब ६ महिनाअघि रोजगारीका सिलसिलामा भारतको दिल्ली गएका थिए । संक्रमित युवकलाई अहिले पृथ्वीचन्द्र अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।
प्रतिक्रिया