अर्थ-वाणिज्य

प्रदेश ५ सरकारको कोरोना विरुद्ध रणनीतिक तयारी,तौलिहवामा बन्ने भयो ५० बेडको कोरोना अस्पत्ताल



कपिलवस्तु १ जेठ  प्रदेश ५ सरकारको बीहिवारको  मन्त्री परिषद बैठकले कोरोना विरुद्ध  तत्कालिन कार्यनीतिका साथ रणनीतिक तयारी  अघि बढाएको छ ।  सरकारले दुरगामी महत्वका निर्णयका साथ सिघ्र राहतका धेरै निर्णय एकैसाथ गरेको  मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर वहादुर केसीले जानकारी दिनु भएको छ ।  सरकारका  निर्णयमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने उल्लेख छ ।  कोरोना विशेष अस्पतालको क्षमता बढाउने भएको छ ।

        बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने भएको छ । बुटवलमा २ सय बेड थप्ने ,भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने ,बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने  निर्णय गरेकोछ । विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा कोरोना उपचारको आइसोलेसन बेड सहितको अस्पत्ताल तयार गर्ने  निर्णय भएको छ । यस अघि  जिल्ला सुरक्षा समितिको बैठकले प्रदेश सरकारसंग बजेट माग गरेको थियो ।

        सरकारले तौलिहवामा बन्ने कोरोना अस्पत्तालको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने उल्लेख छ । सरकारले  कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च हुनेछ ।कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुने क्षेत्रहरु तय गरेकोछ । जस अनुसार ।कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया , बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने , त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने  निर्णय गरेकोछ ।

        जसावाट ५ सय किसान लाभान्वित हुने अपेक्षा राखेकोछ ।  कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने  उल्लेख गर्दै प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने कार्यविधी स्वीकृत  गरिएकोछ । यस्तै गरी व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत  दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन गर्ने निर्णय भएको छ ।  ७ हजार लाभान्वित हुने  र कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने , मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने कार्यविधी बनेकोछ ।  यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने छ । 

        कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम लागु गर्ने भएको छ । यो कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने भएको छ । यस्तो काम १ सय ९ वटै पालिकामा हुनेछ ।  व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने , प्रति किसान २० हजारका दरले सहयोग गर्ने  र १० हजार ९ सय लाभान्वित हुने अपेक्षा राखेकोछ । यसैगरी  ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड दिइनेछ । २ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने  र ६ हजार लाभान्वित हुने अपेक्षा सरकारको छ ।  दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया उपलब्ध हुनेछ । दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिइनेछ । 

         बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैयावाट  सबै जिल्लामा सञ्चालन गर्ने कार्यविधी बनेको छ ।  २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने  र प्रति बिघा २० हजार रुपैंयाका दरले दिने  सहमति छ । यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने  अपेक्षा सरकारले राखेको कृषि मन्त्री आरती पौडेलको भनाइछ । बैठकले  प्रदेश स्वास्थ्य नीति—२०७७ स्विकृत गरेकोछ । स्वास्थ्य नियमावली स्विकृत गर्दै रोल्पामा वम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने  उल्लेख छ ।केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्विकृति दिने समेत निर्णय छ । जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय भएको छ ।  

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६