लुम्बिनी

१० जनामा कोरोना संक्रमण भेटिएपछि गैडहवा पालिका बन्द



रुपन्देही, १ जेठ ।  रुपन्देहीको गैडहवा पालिका बन्द गरिने भएको छ । कोरोना संक्रमण देखिएपछि गैडहवा गाउँपालिका बन्द गरिने निर्णय भएको छ । बुधबार दश जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज बसेको विपद् व्यस्थापन समितिको बैठकले शुक्रबारदेखि यही जेठ ५ गतेसम्म पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो ।पालिकामा सवारी आवागमन, व्यवसाय सञ्चालन र आवतजावतमा पूर्णरुपमा रोक लगाइएको पालिकाका अध्यक्ष बच्छुलाल केवटले जानकारी दिनुभयो ।  

            मंगलबार रुपन्देहीको भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा दश जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनीहरु एक  हप्ताअघि भारतको मुम्बईबाट आएका थिए । प्रदेश नं. ५ मा ९५ जना कोरोना संक्रमित भएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६