अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभरी ३ लाख ३ हजार बढीको मृत्यु, ४५ लाख २१ हजार भन्दा धेरै संक्रमित



एजेन्सी, २ जेठ ।  विश्वभर कोरोना कहरको रुप लिदै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार ७० पुगेको छ । विश्वका २१३ मुलुकफैलिएको कोरोना भाइरसबाट ४५ लाख २१ हजार १७४  जना संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । बितेको २४ घण्टामा ५ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् भने ९४ हजार भन्दा धेरै नयाँ संक्रमण पुष्टि भएको छ ।

            शुक्रबार विहान सम्म संक्रमितमध्ये १७ लाख २ हजार ११३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ७० हजार ४२५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ५६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । छ ।

         कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५९ हजार भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १८ हजार भन्दा धेरै छ। उत्तर अमेरिकी मुलुकहरुमा ९७ हजार बढीको मृत्यु भएको छ ।  यस्तै एसियाली मुलुकहरुमा २५ हजार भन्दा धेरैको मृत्यु भएको छ । यस्तै दक्षिण अमेरिकी मुलुकहरुमा २० हजार भन्दा धेरैको मृत्यु भई सकेको छ । अफ्रिकी मुलुकहरुमा २ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

        कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा ८६ हजार ९ सय को मृत्यु भएको छ । अमेरिकामा कुलसंक्रमितको संख्या १४ लाख ५५ हजार ७४५ पुगेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कहिले नियन्त्रणमा आउँछ भन्ने विषयमा वैज्ञानिकहरुले कुनै  दाबी गर्न सकेका छैनन ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६