अर्थ-वाणिज्य

७० करोडको लागतमा वाटरपार्क निर्माण शुरु



बाँके, २ जेठ । लकडाउनका आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी यहाँ वाटरपार्क सौन्दर्य अभिवृद्धिको काम शुरु गरिएको छ ।  केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतका सट्टा उपभोक्ता समितिमार्फत रोजगार दिने निर्णय गरेअनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् ।  

            उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले उपभोक्ता समितिामार्फत स्थानीय श्रमिकलाई काम दिएर वाटरपार्कभित्रको झारपात निकाल्ने काम शुरु गरिएको जानकारी दिनुभयो ।  नगर प्रमुख डा धवलशम्शेर राणाले नेपालगञ्ज उपमहानगरपालिका –१ धम्बोझीमा रहेको वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको बताउनुभयो । 

            प्रवक्ता रिजालका अनुसार वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका बिहार र पौडी पोखरीका रुपमा विस्तार गरिने छ । पार्कमा आकर्षक र मनमोहक पूmलबारी, बालोद्यान, व्यापारिक प्रयोजनका पसलकोठालगायत संरचना निर्माण हुनेछन् । यसैगरी वाटरपार्क क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण गरिने छ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँंग जोडिने छ । 

            रु ७० करोडको लागतमा वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु भएको सो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएकोे छ ।

            पश्चिम नेपालकै नमूनाका रुपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने चार वर्षभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ । वाटरपार्क संरचनाअन्तर्गत शुरुआती चरणमा पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माण हुनेछन् । निर्माणको काम छिटो सक्न पाँच ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ ।   

            आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन वाटरपार्क योजना जति सक्यो छिटो सम्पन्न हुनुपर्नेमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारण एकमत छन् । (रासस)

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६