ब्रेकिंग न्युज

लकडाउन उलंघन गरेको आरोपमा कपिलवस्तुका सांसद कनौडीया कारवाही परे



कपिलवस्तु २ जेठ । कपिलवस्तुका सांसद विरेन्द्र कनौडिया लकडाउन उलंघनका घटनामा प्रहरीको कारवाहीमा परेकाछन् । उनलाई चितवन प्रहरीले  लकडाउन उल्लंघन गरेर सवारी चलाएको भन्दै  जहावाट आएको हो त्यही फिर्ता पठाइदिएकोछ । उनी कपिलवस्तुवाट पूर्व तर्फ जादै थिए ।  प्रदेश ५ का प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियालाई प्रहरीले शुक्रबार बिहान फर्काइदिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले नारायणी पुलबाट कनौडियालाई फर्काइदिएको जानकारी दिए ।

        प्रशासनका अनुसार, कनौडिया सवारी अनुमतिपत्र नलिई आएका थिए । उनलाई सम्झाएर पठाएको सिम्खडाले बताए । लकडाउनलाई कडाइका साथ लागू गरिएको चितवन प्रशासनले जनाएको छ । प्रशासनका अनुसार, दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मी र पत्रकारका सवारी साधन चलेका छन् । त्यस्तै औषधि, दूूध, तरकारी र खाद्यान्न ढुवानीका सवारीसाधनलाई पनि सञ्चालन हुन दिइएको छ । यससँगै स्थानीय प्रशासनले अनुगमनमा तीव्रता दिएको छ ।

            अटेर गर्नेलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका नायब प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार बिहीबारबिना अनुमति हिँडडुल गर्ने ३८ सवारी साधन र १५ जनालाई नियन्त्रणमा लिइएको थियो । व्यक्तिहरुलाई छाडिएको छ भने सवारी साधन प्रहरीले राखेको छ । लकडाउन शुरु भएयता जिल्लामा एक हजार १८८ सवारी साधन नियन्त्रणमा लिइ कारवाही गरिएको छ ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६