अर्थ-वाणिज्य

सरकारको प्रमुख श्रम नीति दक्ष श्रमिक



काठमाडौं, २ जेठ । सरकारले दक्ष श्रमिक, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापन प्रमुख श्रम नीति अख्तियार गरेको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारको नीति तथा कार्यक्रममा कामको सम्मान तथा स्वरोजगारलाई प्रमुख नीतिमा समेटिएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वस्थ्य नागरिक, गुण र प्रविधिमा आधारित शिक्षा, उत्पादनमैत्री वित्तीय प्रणाली र उद्यमशील वातावरण रोजगारीका आधारस्तम्भ भएको बताउनुभयो । यी आधारस्तम्भको विकास र सदुपयोग गरेर व्यापक रोजगारीका अवसर सिर्जना गर्ने सरकारले विश्वास लिएको छ । 

पर्याप्त आन्तरिक रोजगारी भई नसकेको अवस्थामा कोभिड–१९ को विश्वव्यापी महमारीले स्वदेशको रोजगारी सङ्कुचित हुने र वैदेशिक रोजगारीमा रहेका नेपाली फर्किने सम्भावित परिस्थितिले बेरोजगारको सङ्ख्या बढ्ने जोखिम देखिएको औँल्याउँदै बेरोजगारको सम्भावित पङ्क्तिलाई व्यावसायिक कृषि, बृहत् भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निर्माण र सेवा क्षेत्रमा परिचालन गरिने नीति कार्यक्रममा उल्लेख छ । 

सीपयुक्त र दक्ष श्रमिकको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप विकाससम्बन्धी सबै निकायका कार्यक्रमलाई एकीकृतरुपमा परिचालन गरिने छ । आवश्यकताअनुसार सबै स्थानीय तहमा छोटो अवधिका घुम्ती तालीम सञ्चालन गरिने नीति कार्यक्रममा जनाइएको छ । (रासस)

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६