अर्थ-वाणिज्य

संचारकर्मीलाई कोरोना जोखीम विरुद्ध बीमा, बुद्धआवाज संचारगृह र मधेसी पत्रकार लाभान्वित



कपिलवस्तु २ जेठ /प्रदेश ५ कै एक शशक्त संचार गृह बुद्धआवाज संचारगृहले सस्थामा कार्यरत सबै पत्रकार तथा कर्मचरीको कोरोना  जोखिम विरुद्धको विमा गरेकोछ । सस्थामा कृयासिल २ दर्जन पूर्णकालिन पत्रकार तथ कर्मचारीकालागि  कोरोना जोखिम विमा गरिएको ब्यवस्थापक भेषराज पाण्डेले वताउनु भयो । 

            बिमा गरिएका सबैले कोरोना संक्रमण पुष्टि भएमा १ /१ लाख  वराबरको रकम बिमावाट पाउने छन् । बुद्ध आवाज संचार गृह अन्तर्गत राष्ट्रिय रुपमा संचाालित सामुदायिक टेलिभिजन बुद्ध आवाज र सामुदायिक रेडियो बुद्ध आवाज संचालनम रहेका छन् । महामारीकै बीचमा सस्थामा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमणको जोखिम देखा परेमा पनि ढुक्कले उपचार गर्न सुविधा पुगोस भनेर विमा गरिएको ब्यवस्थापक पाण्डेको भनाइछ । जीतपुर ४ नम्वरमा रहेको शिखर इन्सुरेन्सवाट कोरोना विमा गरिएकाले कोरोना विपदका वेलापनि संचारकर्मीमा एक प्रकारको सुरक्षा अनुभूत भएको सस्थाका बजार ब्यवस्थापक नारायण पाण्डेले जानकारी दिनु भयो । 

        यता न्युज ओके मिडिया, मधेशी पत्रकार समाज नेपाल, रुपन्देही र सगरमाथा इन्स्यारेन्सको सहकार्यमा पत्रकारहरुको एक लाखको कोरोना बीमा गरिएकोे छ । भैरहवा, लुम्बिनी, मर्चवार र धकधईको मधेश क्षेत्रमा क्रियाशील १६ जना पत्रकारको बीमा गरिएको मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माले बताउनु भयो ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको समयमा पनि जोखिममा रहेर काम गर्ने पत्रकारहरुको लागि कोरोना बीमा गरिएको विश्वकर्माले बताउनु भयो । 

        कोरोना संक्रमणको पुष्टी भए तत्काल प्रदान गरिने एक लाखबाट पत्रकारको परिवारलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले बीमा गरिएको न्युज ओके मिडियाका सम्पादक मनोरञ्जन शर्माले बताउनु भयो ।पीसीआर परीक्षणबाट कोरोना भाइरसको संक्रमण पुष्टी भएमा बीमालेख जारी भएको एक वर्षसम्म बीमितले एक लाख भुक्तानी पाउने सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवालीले बताउनु भयो ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६