अन्तर्राष्ट्रिय

कोराना भाइरसः विश्वभर १७ लाख ५५ हजार बढी निको भए, ३ लाख ८ हजार धेरैको मृत्यु, ४६ लाख २१ हजार नाघे संक्रमित



एजेन्सी, ३ जेठ ।  विश्वभर महामारीको रुपमा साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको  १७ लाख ५५ हजार १४० जना मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । उनीहरुले कोरोना भाइरसलाई जितेका हुन् ।  विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ४६ लाख २१ हजार ४०७ मध्ये १७ लाख ५५ हजार १४० जना संक्रमण मुक्त भएका हुन् ।

            संक्रमितमध्ये हालसम्म ३ लाख ८ हजार १५४ जनाको ज्यान गएको छ।  वल्डो मिटरका अनुसार अनुसार अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी १४ लाख ८४ हजार २८५ जना संक्रमित भेटिएका छन् भने ८८ हजार ५०७ जनाको ज्यान गएको छ  संक्रमितको संख्याका हिसाबले स्पेन दोस्रो स्थानमा छ। त्यहाँ दुई लाख ७४ हजार ३६७ जना संक्रमित भएका छन् त्यस्तै २७ हजार ४५९ जनाको मृत्यु भएको छ।   

            नेपालको दक्षिणी छिमेकी देश भारतमा हालसम्म ८५ हजार ७८४ मानिसमा संक्रमण देखिएको छ। त्यहाँ दुई हजार ७५३ जना ले ज्यान गुमाई स्केका छन् । भारतले संक्रमितको हिसाबले चीनलाई समेत उछिनेको छ । 

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६