पर्यटन

तिलौराकोटले नीति र कार्यक्रम मार्फत पहिलो पटक न्याय पाएकोछ : सांसद घिमिरे



कपिलवस्तु ३ जेठ  राष्ट्रिय सभा सांसद बिमला  घिमिरेले तिलौराकोटलाई विश्व सम्पदा सूचीम राख्ने नीति र कार्यक्रम आउनु कपिलवस्तुवासीका लागि सुखद सन्देश भएको वताउनु भएको छ । उहाले तिलौराकोटले पहिलो पटक न्याय पाएको दावि गर्नु भयो । उहाले भन्नु भयो कालापानी, लिपुलेक र लिम्पियाधुरा   समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने सरकारको घोषणा देशवासीको माग अनुसार रहेको  छ 

         उहाले भन्नु भयो  ३०० नयाँ पुल बनाइने , तीन वर्षभित्र सुकुम्वासी समस्या र अव्यवस्थित बसोबास अन्त्य गरिने,आगामी आर्थिक वर्षमा दुई अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याइने कुरा दुरगामी महत्वका छन् ।  वैदेशिक व्यापारमा चीनका ७ बन्दरगाह प्रयोग गरिने ,दीगो पर्यटन उत्थानको कार्यक्रम ल्याइने र आगामी तीन वर्षभित्र सबै नेपालीको घरमा खानेपानी पुर्याइने कुरा सह्रानिय छन् । 

            सांसद घिमिरेका अनुसार  भैरहवा विमानस्थल सञ्चालन, निजगढ र काभ्रेमा विमानस्थल निर्माण सुरु गरिने ,– कृषिमा अनुदान रकममा नभइ उत्पादन सामग्रीमा दिइने  ब्यवस्था उल्लेखनीय छन् । सरकारले घोषणा गरेको नीति तथा कार्यक्रममा नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन गरिने ,नागढुङ्गा–नौबिसे सुरुङमार्गको एक किलोमिटर खण्ड यसै वर्ष बन्ने र तीन वर्ष्भित्र पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गरिने गहन कार्यक्रम हुन् ।  

           प्रविधिको अधिकतम प्रयोग गरी कम्पनी दर्ता तथा नविकरण छिटो छरितो बनाइने ,वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको निर्माण थालिने आफैमा महत्वका काम हुन् ।   मनमोहन र गंगालाल अस्पताललाई बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने  ठूला आयोजनामा मात्रै विदेशी लगानी भित्र्याइने, विदेशबाट फर्केका र अर्धबेरोजारलाई कृषिमा जोडिने  कार्यक्रम जनअपेक्षित हुन् । उहाले प्रेसपाटीसंग भन्नु भयो सरकारी स्वामित्वका बन्द उद्योग फेरि सञ्चालन गर्ने कुरा सकारात्मक रहेको छ  ।

    मालपोतको काम अनलाइन प्रणालीबाट हुने ,‘स्वच्छ नेपाल’ अभियान सञ्चालन गर्ने ,सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमण हटाउन अभियान चलाउने र स्वदेशमै फलाम उत्पादन शुरू गर्ने कुरा चानचुने होइनन् ।  गरीब तथा विपन्नलाई निःशुल्क उपचारको ब्यवस्था ,  एक चिकित्सक, एक स्वास्थ्य संस्थाका लागि ९ अर्ब विनियोजन गरिने आफैमा स्वास्थ्य क्षेत्रको क्रान्तिकारी फड्को हो उहाले भन्नु भयो ।  भूमि बैंक स्थापना गरिने ,– सबै स्थानीय तहमार्फत युवाहरुलाई घुम्ती तालिम गरिने , विमानस्थल र सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिने ,– राजमार्गमा एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गरिने , ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ नारा सार्थक कार्यान्वय गर्ने काम नीति र कार्यक्रममा प्राथमिकता हुन् । 

         जमिन बाँझो राख्न नपाइने , स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने , खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गरिने , सहकारी संस्था गाभ्न प्रोत्साहन गरिने ,प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने र आन्तरिक राजश्वलाई आम्दानीको मूख्य श्रोत बनाइने  कार्यक्रम ग्रामिण अर्थ तन्त्रको सुदृढीकरण् उन्मुख छन् ।  स्वास्थ्य सेवा विभाग खारेज हुने, महामारी नियन्त्रणका लागि खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गरिने महत्वपूर्ण कार्यक्रम हुन् ।वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुआती पुँजी उपलब्ध गराउने , स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने , देशलाई कोरोनामुक्त बनाउनु पहिलो प्राथमिकता रहने कुरा आवश्यकताले निर्धारण गरेका विषय हुन् उहाले भन्नु भयो । 

     सांसद घिमिरेले भन्नु भयो —देशभरबाट ३ अंकमा फोन गरेर एकीकृत एम्बुलेन्स सेवा सुचारु गरिने ,आगामी आर्थिक वर्षमा ‘साक्षर घोषणा गरिने’ कार्यक्रम प्रभावकारी हुनेछन् । संघमा ३०० शैय्याको अत्याधुनिक अस्पताल निर्माण गरिने र प्रत्येक प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल बनाइने कार्यक्रम नीतिमा रहेका छन् ।

        सांसद घिमिरे भन्नु हुन्छ —फजुल खर्च रोक्ने, आयोजनाको पुनर्प्राथमिकीकरण गर्ने काम टडकारो समस्याको समाधान हो । १० वर्षमा कृषि उत्पादन दोब्बर पार्ने घोषणा ,आगामी वर्षभित्र सबैको स्वास्थय बिमा गरिने , वडामै मधुमेह र रक्तचापको परीक्षण गरिने ,४० वर्षमाथिका नागरिकको ६ महिनाको एक पटक अल्बुमिन तथा ग्लुकोज निःशुल्क जाँच हुने ब्यवस्था नीति कार्यक्रममा हुनु जनताको जीवन स्तर उकास्ने योजनाका साथ आएका हुन् । नीति र कर्यक्रममा आलोचना गर्नेपर्ने केही नदेखेको उहाको भनाइछ । 

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६