लुम्बिनी

कपिलवस्तुको विजयनगरमा झडप दुई महिला घाइते



 कपिलवस्तु ३ जेष्ठ । कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं ५ महादेव गाँउमा क्वारेन्टाइन निर्माणका विषयमा झडप हुदा दुई महिला घाइते भएका छन । महादेव गाँउमा रहेको पुरानो स्वास्थ्य कार्यालयलाई गाँउपालिकाले क्वारेन्टाइन बनाउन जादाँ स्थानियले विरोध गरेपछी प्रहरी र स्थानिय विच झाडप भएको थियो ।   झाडपमा परि दुई महिला घाइते भएका छन । महादेव गाँउकी बर्ष ४५ की गुजराती कुर्मी र बर्ष ३५ की आमिना खातुन घाइते भएको स्थानियले बताएका छन । घाइते महिलालाई उपचारको लागि शिवराज अस्पाताल बहादुरगंज लगिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले महादेव गाँउका स्थानिय माथि लाठी प्रहर गरेको स्थानियले बताएका छन । विजयनगर गाँउपालिका वडा नं ५ का अध्यक्ष अनवर मोहम्द मुसलमान र वडा नं ७ का वडाअध्यक्ष दिनेश चौधरीले जर्बजस्ती क्वारेन्टाइन बनाउनु पर्ने दबाव दिएपछी विवाद भएको थियो । यता इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले समान्य विवाद भएको बताउनु भएको छ । निरिक्षक नेपालले प्रहरीले लाठी प्रहर नगरेको भन्दै प्रहरीको बचाउ गर्नु भएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६