कपिलवस्तु ३ जेष्ठ । कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं ५ महादेव गाँउमा क्वारेन्टाइन निर्माणका विषयमा झडप हुदा दुई महिला घाइते भएका छन । महादेव गाँउमा रहेको पुरानो स्वास्थ्य कार्यालयलाई गाँउपालिकाले क्वारेन्टाइन बनाउन जादाँ स्थानियले विरोध गरेपछी प्रहरी र स्थानिय विच झाडप भएको थियो । झाडपमा परि दुई महिला घाइते भएका छन । महादेव गाँउकी बर्ष ४५ की गुजराती कुर्मी र बर्ष ३५ की आमिना खातुन घाइते भएको स्थानियले बताएका छन । घाइते महिलालाई उपचारको लागि शिवराज अस्पाताल बहादुरगंज लगिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले महादेव गाँउका स्थानिय माथि लाठी प्रहर गरेको स्थानियले बताएका छन । विजयनगर गाँउपालिका वडा नं ५ का अध्यक्ष अनवर मोहम्द मुसलमान र वडा नं ७ का वडाअध्यक्ष दिनेश चौधरीले जर्बजस्ती क्वारेन्टाइन बनाउनु पर्ने दबाव दिएपछी विवाद भएको थियो । यता इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले समान्य विवाद भएको बताउनु भएको छ । निरिक्षक नेपालले प्रहरीले लाठी प्रहर नगरेको भन्दै प्रहरीको बचाउ गर्नु भएको छ ।
३ जेष्ठ २०७७, शनिबार
प्रतिक्रिया