अर्थ-वाणिज्य

क्वारेण्टाइन र अइशोलेशनको खर्च संघ र प्रदेशले भुक्तानी गर्छ : मुख्यमन्त्री



बुटवल ४ जेठ  ।कोभिड १९ विरुद्ध भइरहेका काम र समस्या बारे जानकारी लिन भिडियो कलवाट हरेक पालिकाका प्रमुख ,सुरक्षा निकायका प्रमुख र राजनैतिक दलसंग संवाद  गर्दै आउनु भएका मुख्यमन्त्री  शंकर पोख्रेल शनिवार नवरपरासी पु्गेर प्रत्यक्ष छलफलमा सहभागि हुनु भएको उहाको नीजि सचिव सरोज कुमार रेग्मीले प्रेसपाटीलाई जानकारी दिनु भयो । मुख्यमन्त्री शंकर पोखरेल नवलपरासीमा स्थानीय तहका प्रमुख, सुरक्षा निकाय र प्रमुख अधिकारीसंग छलफल गर्नुभएकोछ  ।


    स्थानीय तहका प्रमुखहरुको कुरा सुनिसकेपछि उहाँले  क्वारेन्टाइन खाली घरमा , वडातहमा, पालिका तहमा, र जिल्ला तहमा बनाउन निर्देशन दिदै क्वारेन्टाइनको खर्च तत्काल व्यवस्थापन गर्न र पछि केन्द्रको कोभिड कोषले दिने बताउनुभयो । उहाँले आइसोलेसनमा बस्नेको खाना र उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने जानकारी दिनुभयो ।राहत वितरण भन्दा श्रममुखी रोजगार दिन स्थानीय तहलाई निर्देशन दिनुभएको छ । उहाँले राहत वितरणले अब समस्या ल्याउने भन्दै अब राहत दिनुपर्नेलाई काम र पैसा दिएर अघि बढ्नुपर्ने बताउनु भएकोछ ।


        उहाँले स्थानीय तह, राजनैतिक दल, सुरक्षा र प्रशासन कार्यालयबीचको समन्वय र सहकार्यबाट मात्रै कोभिड १९ लाई जित्न सकिने बताउनुभयो ।उहाँले जिल्लामा छिटो २ सय बेडको आइसोलेसन केन्द्र बनाउन र प्रयाप्त क्वारेन्टाइन बनाउन ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । त्यसअघि स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीले अहिले भइरहेका काम र समस्याका बारेमा जानकारी गराउनु भएको थियो । 

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६