ब्रेकिंग न्युज

कपिलवस्तु अपडेट : क्वारेण्टाइमा गर्भवती र वालवालिकालाई फरक सुविधा



कपिलवस्तु ४ जेठ । कपिलवस्तुका विभिन्न क्वारेण्टाइनमा रहेका २४५ महिला मध्ये ९ जना गर्भवती र १९ जना बालवालिका रहेका छन् ।उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु र स्थानीय तहले अतिरिक्त सेवा सुविधा प्रदान गर्ने गरेका छन् । आमाका काखमा रहने वालवालिकाका लागि हरेक दिन दुध तथा पौष्टिक आहार उपलब्ध गराएको बिजयनगर गाउँपालिकाका प्रमुख गोपाल वहादुर थापाले वताउनु   भयो । यस्तै क्वारेण्टाइनम रहेका गर्भवती महिलाका लागि आइरन चक्की र क्याल्सीयम नियमित रुपमा दिइएको वाणगंगाका स्वास्थ्य चौकी प्रमुख ठगराज पौडेलले जानकारी दिनु भयो । 


            भारतवाट लुकिछिपि आउने वा स्थानीय तहले उद्धार गर्ने गर्दा कपिलवस्तुमा आइतवार विहान सम्म ६ हजार ७ सय ८७  जना क्वारेण्टाइमा  रहेका छन्  । जिल्ला भित्र  रहेका १४५ वटा क्वारेण्टाइनमा ८ हजार १९०  बेड निर्माण  गरिएको छ । अहिले सम्म १२ सय बढिको   स्वाव संकलन गरिएको मध्ये ४३को नतिजा पोजेटिभ आएको छ । जिल्ला प्रशासनका  अनुसार  संक्रमण पुष्टि भएका मध्ये २५  जनालाई बुटवल , भैरहवामा ५ , तौलिहवामा ९ , दाङमा ३ जनालाई आइशुलेसनमा राखिएको छ । १ जना वालिका काठमाण्डौमा उपचारत छन् ।


        यस्तै कपिलवस्तुमा सबै भन्दा धेरै क्वारेण्टाइनमा बस्ने जनसंख्या रहेको पालिका कृष्ण्नगर नगरपालिका हो । जहां ११ सय ६७ रहेका छन ।  महाराजगंजमा १६ सय ४९ छन् । त्यसैगरी यशोधरामा ९०८ जना ,कपिलवस्तु नगरमा  ५सय९८ जना, शुद्धोधनमा ६७६ जना ,मयादेविमा ७६७ जना रहेका छन् ।सबै भन्दा कम ब्यक्ति क्वारेण्टाइनमा रहेको बाणगंगा हो , जहाँ ८५ जना रहेका  छन । 



प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६